सामाजिक सञ्जालमार्फत नाबालिकालाई अपमान गर्न खोज्ने दुई जना पक्राउ

0
Shares

काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत नाबालिका र महिलालाई हैरानी तथा अपमान गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल पहरी प्रधान कार्यालय साइबर ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

भाइबरमार्फत नाबालिकासँग अडिओ संवाद गरी गलत मनसाययका साथ पीडकले उक्त संवादलाई भिडिओमा कन्भर्ट गरी भाइरल भएको छ भन्दै डर, धम्की दिएर गलत फाइदा लिन खोजेको प्रहरीले जनाएको छ ।

पीडकले गलत फाइदा लिन नसकेपछि उक्त भिडिओ सामाजिक सञ्जालमा राखिदिने भन्दै मानसिक यातना तथा हैरान गराएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार मोतियारी घर भई हाल काठमाडौं महानगर–६ बौद्ध बस्ने १९ वर्षीय माहम्मद रमीज राजा रहेको प्रहरीले बताएको छ ।

राजालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूरमा काठमाडौं जिल्ला अदालतबाट भदौ १३ गते पक्राउ अनुमति लिई पक्राउ गरी उक्त अदालतको १४ गतेको आदेशले ५ दिन म्याद थप भई आवश्यक अनुसन्धन गरिरहेको छ ।

त्यसैगरी इन्स्टÈाग्राम तथा बिगोमार्फत विभिन्न लोपलालच देखाएर पीडितलाई अश्लीलता प्रदर्शन गर्न बाध्य पार्ने एक जना पक्राउ परेका छन् । पीडितले अश्लीलता प्रदर्शन गरेको भिडिओ स्क्रिन सट गरी आर्थिक लाभ लिन खोज्ने पीडक पक्राउ परेका हुन् ।

उनले आर्थिक लाभ लिनका लागि पीडितलाई धाक–धम्कीसहित स्क्रिन सट सामाजिक सञ्जालमा राखिदिने भन्दै ब्ल्याकमेल गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ्ग फुङलिङ घर भई काठमाडौं बौद्धचोक बस्ने ३२ बर्षीय जेम्स तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट भदौ १३ गते पक्राउ अनुमती लिएर पक्राउ गरी उक्त अदालतको १४ गतेको आदेशले ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।