सार्वजनिक पुलमा आवतजावत बन्द

0
Shares

काठमाडौं । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं १ मा पर्ने साङटा र वडा नं ४ रङ्गगाउँको मान जोड्ने भेरी नदीमाथिको झोलुङ्गे पुल बन्द हुँदा आवतजावतमा समस्या भएको छ ।

वन समितिले सार्वजनिक पुलको दुवैतर्फ ढुङ्गा थुपारेर बन्द गरेपछि आवतजावतमा अवरोध भएको जनाइएको छ । रङ्ग गाउँबाट त्रिपुरासुन्दरी नगरपालिका केन्द्र त्रिपुराकोट बगरलगायत वडा नं ९ मा पर्ने चुँ र १० मा पर्ने लिकुगाउँमा जान स्थानीयवासीलाई छिटो र सहजताका लागि विसं २०७६ मा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।

यतिखेर रङ्गगाउँका भन्दा छिमेकी वडाका पशुचौपायले वनको घाँसमा क्षति पु¥याएको जनाउँदै सार्वजनिक पुलमा समेत ढुङ्गाको पर्खाल लगाएर आवतजावत बन्द गर्नु राम्रो नभएको स्थानीय केशर बुढाले बताउनुभयो ।

सुँ सामुदायिक वन उपभोक्ता समिति र ४ नं वडा कार्यालयको २०७९ साउन ४ गतेको संयुक्त बैठकको निर्णयका आधारमा वन समितिले पुलको दुवैतर्फ ढुङ्गा थुपारेर बन्द गरेको वडा सदस्य हरि बुढाले बताउनुभयो ।

यतिखेर गाउँका सबै पशुचौपाय लेक ९खर्करुमान०मा रहने भएकाले हिउँदको समयमा पशुचौपायका लागि घाँस र वन जङ्गलको समेत संरक्षाण गर्न पुल बन्द गरिएको सो वन समितिले जनाएको छ ।