पूर्वमन्त्री आलेको नाम प्रतिनिधि सभा प्रत्यक्ष तर्फ सिफारीस

0
Shares

डोटी । निवर्तमान संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि डोटीबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उमेदवार सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको समानुपातिक तर्फ सुदूरपश्चिम प्रदेश सरकारका निर्वतमान आन्तरीक मामिला तथा कानुन मन्त्री पूणा जोशी, ऐश्वरीया भण्डारी विष्ट, महादेव भारती र डम्मरुदेव भट्टको नाम सिफारिस गरिएको सो पार्टीका डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिनुभयो ।

यसैगरी प्रदेश सभा ‘क’ का लागि प्रत्यक्ष तर्फ पाटीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंह र पार्टीका डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीको नाम सिफारिस गरिएको बताइएको छ। प्रदेश ‘क’ समानुपाति तर्फ शिवराज खड्का, सिता रायमाझी, गोरख सार्की, धनबहादुर नेपाली र खगेन्द नेपालीको नाम सिफारिस गरिएको बताइएको छ ।

डोटीको प्रदेश सभा ‘ख’ का लागि प्रत्यक्ष तर्फ प्रदेश सरकारका निर्वतमान आन्तरीक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको नाम सिफारीस गरिएको छ भने समानुपातिक तर्फ यज्ञराज जोशी, ताप सिह केलल, मेघराज भट्ट र नेत्र शाही सिफारिस हुनु भएको छ ।

सिफारिस भएका उमेदवारको सूची आफ्नो रायसहित पाटीको प्रदेश कमिटीले केन्द्रीय कमिटीलाई पठाउने र केन्द्रीय कमिटीले यही भदौ २० गते भित्र उमेदवारको छनोट गरी सक्ने सो पार्टीले जनाएको छ ।