भारतीय स्थल सेनाध्यक्ष पांडे भदौ १९ गते नेपाल आउँदै

0
Shares

काठमाडौ ।
प्रधान सेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पांडे भदौ १९ गते नेपाल आउनुहुने भएको छ ।
भ्रमण दल पाँच सदस्यीय रहने सैनिक मुख्यालयले जनाएको छ । पांच दिने नेपाल भ्रमणमा रहनु हुने भारतीय सेनाका स्थल सेनाध्यक्ष पांडेले नेपालका राष्ट्रपति बिद्यादेवी भण्डारीसंग नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह समेत लिनुहुने भएको छ ।
भ्रमणका दौरान जनरल पांडेले सैनिक मञ्च टुँडिखेलस्थित विर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रम लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ ।
भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल पांडेलाई राष्ट्रपति भण्डारीले एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नु हुनेछ । साथै, उहाँले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको पनि सेनाले जनाएको छ ।