चोलेन्द्र शमशेर जबराको बयान : महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसक्यो

0
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव स्वतः निस्क्रिय भइसकेको बयान दिएका छन् ।

बुधबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै उनले संसदमा आफूविरुद्ध दर्ता भएको महाअभियोग निस्क्रिय भइसकेको दाबी गरेका हुन् ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले विभिन्न आरोपसहित जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । यसपछि प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बुधबार उनको बयान लिएको हो ।

समितिलाई बयान दिनेक्रममा जबराले महाअभियोग स्वतः निस्क्रिय भएको र आफू संसदको सम्मानका लागि मात्र आएको जवाफ दिएका हुन् ।

आफूलाई बयानमा बोलाउँदा संविधान र संसदको निमावली पालना नगरेको बताउँदै उनले महाअभियोग प्रस्ताव निस्क्रिय भइसकेको जिकीर गरे । साथै आफू पछिका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउन महाअभियोग प्रस्ताव दर्ता गरेको उनको आरोप छ ।

दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन आफूविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका जबराले यस्ता घटनाले न्यायपालिका कमजोर हुने बताए ।