तीजको नाच हेर्ने क्रममा झडप, एक जना युवकको मृत्यु

0
Shares

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीजको नाच हेर्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडप मंगलबार ढुंगा प्रहारबाट २० वर्षिय रोशन जीसीको मृत्यु भएको हो ।​

कुटपिटबाट घाइते भएका जिसीलाई अस्पताल लैजादै गर्दा बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।

घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, घटनास्थलबाट अस्पताल लैजाने ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको विष्टको भनाइ छ।