राष्ट्रपतिको निमन्त्रणामा माओवादी नेताहरू शितल निवास जाँदै



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) सहितका नेताहरु शितल निवास जाँदै छन् ।

माओवादी नेतालाई राष्ट्रपति भण्डारीले अहिले दिउँसो साढे २ बजे शितल निवासमा बोलाएकी हुन्। नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाएकी राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसँग छलफल गरेकी थिइन्।

आज ‘साढे २ बजेका लागि राष्ट्रपतिकोनिमन्त्रणा आएको छ’, नागरिकता विधेयक लगायतका विषयमा छलफल गर्न बाेलाएकाे  हुनसक्ने माओवादी केन्द्रका एक नेता बताए  ।

प्रतिक्रिया दिनुहोस्