एक नाल भरुवा बन्दुक बरामद

0
Shares

ओखलढुंगा । ओखलढुंगाको एक सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । हिजो (सोमबार) दिउँसो सिद्धिचरण नगरपालिका(७ स्थित डेम्के सहरे कुईभिर सामुदायिक वनबाट १ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो ।

उक्त वनमा वेवारिसे अवस्थामा भरुवा बन्दुक भएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।