१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

0
Shares

झापा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका(३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङ रहेको प्रहरीले जनाएको छ ।

गुरूङलाई हिजो (सोमबार) दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरूङले ती बालिकालाई अस्ति (आइतबार) बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।