अवैध लागूऔषधसहित ४ जना पक्राउ

0
Shares

काठमाडौं । अवैध लागूऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । देशका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका(३० पावरहाउस चोकबाट अवैध लागूऔषधसहित सोही महानगरपालिका(३० लामाचौर बस्ने २२ वर्षीय अजय जिसी र चितवन रत्ननगर नगरपालिका(१२ बस्ने २५ वर्षीय समिर कोईरालालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु १ ख ८१५७ नम्बरको बसमा सवार अजयलाई नियन्त्रित लागूऔषध नुर्फिन ७० एम्पुल, डाईजेपाम ७० एम्पुल र फेनारगन ७० एम्पुलसहित र नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३०६५ नम्बरको हाईसमा सवार समिरलाई नुर्फिन १ सय एम्पुल, डाईजापाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुलसहित पक्राउ गरेको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका(१ पथलैया तीनकुने चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट र फेनारगन, नुर्फिन र डाइजेपाम गरी १ हजार ७ सय ६० पिस सहित सिन्धुली कालापानी बस्ने २४ वर्षीय पूर्णप्रसाद दाहाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र २-०३-००१ ख ३६२३ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसका सहचालक पूर्णप्रसादको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।