केभीकेएसएस बास्केटबलमा ३६ टिम

0
Shares

काठमाडौं । 

काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुलको आयोजनामा चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जम्मा ३६ टिमको सहभागिता रहने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

ब्वाइज टिमलाई ८ तथा गल्र्सलाई ४ समूहमा विभाजन गरिने छ । ब्वाइजतर्फ प्रत्येक समूहको शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्ने छन् । भदौ २२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।