विश्व बैंकले दियो १३ अर्ब सहुलियत ऋण

0
Shares

काठमाडौं ।

नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को लागि नयाँ विकास नीति ऋण(डीपीसी) का लागि नेपाल सरकार र विश्व बैंकबीच ऋण सम्झौता भएको छ ।

नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सहयोग गर्न बजेट सहयोग कार्यक्रमको लक्ष्य रहेको छ ।करिब १३ अर्ब नेपाली रूपियाँ बराबरको सहुलियतपूर्ण ऋणअन्तर्गत तीन सहिलयतपूर्ण ऋण डीपीसी श्रृंखलामध्येको यो पहिलो हो ।

सम्झौतामा अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गर्नुभएको थियो ।

‘कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा नेपाल सरकार, विश्व बैंक, र विकास साझेदारहरूले महत्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेका छन्,’ प्रबन्धक लाडा स्ट्रेलकोभाले भन्नुभयो ।