तुलसी र रीताको जोडी पहिलो

0
Shares

काठमाडौं । 

तुलसी महर्जन र रीता प्रजापतिको जोडीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ५९ औं वार्षिकोत्सवका अवसरमा आयोजित डबल्स ब्याडमिन्टन प्रतियोगिताको मिक्स डबल्समा आइतबार स्वर्ण जितेका छन् ।

आयोजक राखेपको त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रतियोगितामा सुजन खतिवडा र विमला जोशीको जोडी दोश्रो भए । प्रजापति दाहाल र रुका गिरी तथा धर्मराज ओझा र रिता चौलागाईंको जोडी तेश्रो भए ।

पुरुष डबल्समा पनि तुलसीले भीमप्रसाद राईसंग मिलेर स्वर्ण जिते । फणिन्द्र पौड्याल र सुजन खतिवडाको जोडीले रजत हात पारे । प्रजापति दाहाल र धर्मराज ओझा तथा निरबहादुर बस्नेत र श्याम अधिकारीको जोडीले कांस्यमा चित्त बुझाए ।
एकदिने प्रतियोगिताको पुरुष डबल्समा ४ जोडी तथा मिक्स डबल्समा ५ जोडीले सुपर लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।