लाजियोसँग हा-यो इन्टर

0
Shares

लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ मा इन्टर मिलान लाजियोसँग पराजित भएको छ । परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजले एक गोलसँगै एक असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले लाजियोसँग हार बेहोरेको हो । इन्टर मिलान घरेलु टोली लाजियोसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

स्टेडियो ओलम्पिको रोमामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा फिलिपे एनडरसन, लुइस अल्बर्टाे र पेड्रो रोड्रिग्वेजले गोल गरे । इन्टरका लोउटारो मार्टिनेजले एक गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा फिलिपे एनडरसनको गोलबाट लाजियोले सुरुवाती अग्रता लिन सफल भयो । उनले सेरगेज मिलिन्कोभिक साभिकको पासमा गोल गर्न सफल भए । ५१औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । मार्टिनेजले डेन्जेल डमफ्रेजको पासमा गोल गर्न सफल भएका थिए ।

खेलको ७५औं मिनेटमा परिवर्तित खेलाडी लुइस अल्बर्टाेले अर्का परिवर्तित खेलाडी पेड्रो रोड्रिग्वेजको पासमा गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए । अल्बर्टाे र पेड्रो ५७औं मिनेटमा मैदान प्रवेश गरेका थिए । ८६औं मिनेटमा पेड्रो रोड्रिग्वेजले सिरो इमोविलेको पासमा गोल गर्दै लाजियोको जित पक्का गर्दा इन्टरलाई पहिलो हार चखाए । यो जितसँगै अपराजित रहेको लाजियोले तीन खेलबाट ७ अंक जोडेको छ । पहिलो हार बेहोरेको इन्टरको भने ६ अंक रहेको छ ।