भ्याली पब्लिक र ग्रिनल्यान्डको दुवै टोली फाइनलमा

0
Shares

काठमाडौ‌ं ।

भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्डको दुवै टोली १५औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् । दुवैको सिनियर ब्वाइज-गल्र्स टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले बीएनएलाई ५६–३२ तथा ग्रिनल्यान्डले एचएचसीलाई ४२–३७ ले पराजित गरे । भ्याली पब्लिकका अनमोल गुरुङ र छिरिङ तामाङले समान २२–२२ तथा ग्रिनल्यान्डका विमल जागरीले १२ अंक जोडे । सिनियर गल्र्समा भ्याली पब्लिकले सत्यसाईलाई १७–११ तथा ग्रिनल्यान्डले एचएचसीएलाई ३०–११ ले हराए ।

भ्याली पब्लिकका अनिता गुरुङ र एन्जल गुप्ताले समान ७–७ तथा ग्रिनल्यान्डका समीक्षा थापा र प्रियंका थापा मगरले समान ६–६ स्कोर गरे । जुनियर ब्वाइजमा एलएनएले स्किब्सलाई १९–१४ तथा एन्जल्स हार्टले बीएनएलाई २९–१३ ले पाखा लगाए । एलएनएका पदम अधिारीले १२ तथा एन्जल्स हार्टका प्रतीक कँडेलले ९ अंक जोडे । फाइनल सोमबार हुनेछ ।