तिनाउ नदीमा पुल निर्माण गर्न गृहमन्त्री खाणकाे पहल

0
Shares

बुटवल ।

गृहमन्त्री बालकृष्ण खाणले २०४८ सालमा आफू चुनाववी प्रचार प्रसारमा हिड्दै गर्दा भोगेका पिडा सम्झदै तिनाउ नदीमा पुल निर्माणका लागि पहल गरेको बताउनुभएको छ ।

शुद्धोधन गाउपालिका ४ वेतहीमा पश्चिम पाहुनी-वेतही-फर्साटिकर सडकखण्डमा तिनाउ नदीमा निर्माण हुन लागेको पुलको शिलान्यास गर्दै गृहमन्त्री खाणले घना बस्ती रहेको गाउँ र सहरलाई सहज तरिकाले जोड्न पुल निर्माण गर्न लागिएको बताउनुभयो ।

पुलले सहर र गाउँ र सहरको बस्ती जोडिएपछि विकासले फड्को मार्ने उहाँले बताउनु भयो । पुलको लागि ५ बर्ष पहिल्यै वजेट परेता पनि काममा ढिलाइ भएको थियो । अब पुलको निर्माण समयमै सम्पन्न गर्न सरकारी तहबाट आफूले सक्दो पहल गर्ने गृहमन्त्री खाणले बताउनु भयो ।

गृहमन्त्री खाणले सरकारले बनाएको नितिअनुसार समयमै पुल सम्पन्न भए पुल निर्माण गर्ने कम्पनी र ठेकेदारलाई सम्मान गरिने बताउनुभयो । तीन बर्षभित्र यो वेताहनी पुल निर्माण हुनेछ।