‘कमाण्ड सेनापति समन्वयात्मक बैठक, २०७९’ जङ्गी अड्डामा शुरू



काठमाडौं ।

‘कमाण्ड सेनापति समन्वयात्मक बैठक, २०७९’ भद्रकालीस्थित जङ्गी अड्डामा शुरू भएको छ । रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त बैठकको शुभारम्भ गरेका छन् ।

बैठकमा रक्षा सचिव, जङ्गी अड्डा्का पीएसओज रथीबृन्द, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरु लगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरु तथा उपत्यकाभित्र अवस्थित बाहिनी अड्डाका बाहिनीपतिहरुको उपस्थिति छ ।

दुई दिनसम्म चल्ने समन्वयात्मक बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरु तथा कमाण्ड सेनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझावहरुसहितको प्रस्तुतिकरण प्रस्तुत गर्ने छन् ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियापश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरूमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्