पौडी टोली पेरु जाँदै

0
Shares

काठमाडौं ।

आठौं फिना विश्व जुनियर पौडी प्रतियोगितामा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार पेरुको लिमा प्रस्थान गर्दैछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य दीपेन्द्र विष्ट र नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।

अगष्ट ३० देखि सेप्टेम्बर ४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुषमा विकास कुमालले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा अनुश्रीया तण्डुकारले ५० र १ सय मिटर फ्रिस्टायलमा नेपालको चुनौती पेश गर्नेछन् । प्रशिक्षकमा ओङडेन लामा रहेका छन् ।