नवाैंको लागि ६० करोड बजेट सुनिश्चित

0
Shares

काठमाडौं ।

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु हुन ५० दिन मात्रै बाँकी रहेको छ । प्रतियोगिता सफल बनाउन राष्ट्रिय खेलकुद परिषद्ले तयारी पनि तीव्ररुपमा गरिरहेको छ ।

परिषद्ले बिहीबार तयारीको अवस्थामा केही निम्न कार्यहरू पनि गरिएको छ । जसमा प्रतियोगिताको लागि ६० करोड रकम बजेट सुनिश्चित भएको छ । पहिलो किस्ता वापत १० करोड रकम निकासा गरेको पनि परिषद्ले जनाएको छ ।

प्रतियोगिताका लागि ३६ खेलका खेलाडी कोटा र खेल इभेन्ट्स स्विकृत गरिसकेको छ । प्रत्येक टोलीबाट महिलातर्फ ३ सय ३५ र पुरुषतर्फ ३ सय ७४ जना गरी जम्मा खेलाडी संख्या ७ सय ९ रहनेछन् । यस्तै, ११ टोलीका गरी जम्मा ७ हजार ७ सय ९९ खेलाडी रहेका छन् । प्रतियोगिताको लागि ३ सय ९३ स्वर्ण, यति नै संख्याको रजत पदक छन् भने ६ सय कांस्य पदक संख्या रहनेछन् । प्रतियोगिताका लागि १३ वटा विषयगत उपसमितिका संयोजक र सचिवको मनोनयन भइसकेका छन् ।

उपसमितिको कार्यविधि र बजेट कार्यकारी समितिमा पेश भइसकेको छ । सबै उपसमितिहरूले असोज १५ गतेभित्र सम्पूर्ण तयारी पुरा गर्ने लक्ष्य लिएका छन् । खेल सामग्रीलगायत खरिदका लागि लागत अनुमान कमिटि गठन भई कार्य सुरु भएको छ । अन्य कार्य पनि जोडतोडका साथ भइरहेको परिषद्ले जनायो ।
प्रक्रियामा रहेको कार्यमा खेलतालिका निर्माण हुँदैछ ।

खेल सामग्री, खेल पोशाक, किड्स ब्याग खरिदका लागि अनलाइन टेण्डर आह्वान गरिएको पनि परिषद्ले जनायो । राष्ट्रिय ट्रफी , विजेता ट्रफी र पदकको नमुना संकलन कार्य भई खरिद प्रक्रिया अगाडि बढेको छ । यही भदौ २४ गतेदेखि पोखरा रंगशालामा मास पीटीको पनि अभ्यास शुरु गरिनेछ । १५ भदौ सम्म खेल स्थालको टुंगो लागिसक्ने पनि बताइएको छ ।