एन आई सी एशिया बैंकका सुरक्षागार्ड मृत फेला

आफन्तद्वारा बैंक तोडफोड

0
Shares

बझाङ।

एनआईसि एशिया बैंकमा कार्यरत एक कर्मचारी मृत फेलापरेका छन् । मृत फेला पर्नेमा जयपृथ्वी नगरपालिका -११ पिठालेक घर भएका ५२ बर्षका रोहित थापा रहेका छन् । उनी भदौ ३ गते देखि कसैको सम्पर्कमा नरहेको उनका आफन्त रतन थापाले जानकारी दिए ।

मृतक थापा बुधबार केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा मृत अवस्थामा फेला परेका थिए । उनी करिब ३ बर्ष देखि एन आई सी एसिया बैंकमा सुरक्षा गार्डको रुपमा कार्यरत रहेका थिए ।

थापा भदौ ३ गते साँझ ६ बजेपछि अफिसबाट विदा भएपछी भोलि पल्ट अफिस नआएर सम्पर्क विहिन भएको बुझिएको छ । आज मृतक थापाका आफ्न्तले बैङ्क विरुद नारा लगाउँदै बेपत्ता भएको एक हप्ता सम्म पनि आफुहरुलाई जानकारी नदिएको र खोजतलासी नगरेको भन्दै बैंकमा ढंगामुडा प्रहार गर्दै कार्यालयमा तोडफोड गरेको छ । बिहिवार दिउसो देखी नेपाल प्रहरी, शसस्त्र प्रहरीले बैंकलाई घेराबन्दी गरेका छन् ।

मृतक थापाका आफन्तले शब बुझ्न मानेका छैनन् । शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत राखिएको र घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । शुक्रबार पीडित पक्ष र बैंकका कर्मचारी बिच छलफल गर्ने उनले बताए ।