काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपचारका लागि ५ हजार सहयोग गर्ने

0
Shares

काठमाडौँ।

काठमाडौँ महानगरपालिकाले दीर्घ रोगको उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउँने निर्णय गरेको छ ।
महानगरपालिकाको गत श्रावण ३१ गतेको निर्णय अनुसार मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराईरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार बापत मासिक ५ हजार रुपैयाँ खर्च उपलव्ध गराउने निर्णय गरेको हो ।

माथि उल्लेखित बिरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्वन्धी कार्यविधि २०७८ कार्यान्वयन गर्ने निर्णय भएको भन्दै त्यस्ता बिरामी भएका नगरका बासिन्दहरुसँग निवेदन माग गरेको छ ।

महानगरले यो सुविधा लिनका लागि तोकिएको रोग लागेका तर सरकारबाट अन्य कुनै प्रकारको सेवा सुविधा तथा सामाजिक सुरक्षा भत्ता नलिएका बिरामीहरु मात्रै योग्य हुने उल्लेख गरिएकोछ । महानगरले सुविधा लिनका लागि आ-आफ्नो वडा कार्यालयमा निवेदन दिन सूचना जारी गरेकोछ ।