नक्सा र डोजर लिएर फेरि अल्फाबिटा पुगे मेयर बालेन



काठमाडौँ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् । बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना हटाउन नक्सा र डोजर लिएर उनी त्यहाँ पुगेका हुन्।

आजै बिहान मेयर साह अल्फाबिटा कम्प्लेक्समा पुगेर अनुगमन गरेका थिए । त्यसक्रममा उनको कम्प्लेक्सका मालिकसँग विवाद भएको थियो । अल्फाबिटाले पार्किङका लागि प्रयोग गर्नुपर्ने बेसमेन्ट अवैध तरिकाले व्यवसायिक प्रयोजनमा भाडामा लगाएको बालेनको आरोप छ ।

नक्शाको अध्ययनपछि अल्फाबिटाले बेसमेन्टको अनधिकृत प्रयोग गरेको निष्कर्ष महानगरले निकालेको छ । महानगरले आजै बेसमेन्ट भत्काउन लागेको हो । बालेनको निर्देशनमा नगरप्रहरीहरू डोजर लिएर अल्फाबिटा पुगिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्