प्रधानमन्त्री देउवा जंगी अड्डामा

0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जङ्गी अड्डा पुगेका छन् ।

रक्षा मन्त्रालयले आयोजना गरेको कमाण्ड सेनापति समन्वयात्मक बैठकमा सहभागी हुन उनी जङ्गी अड्डा पुगेका हुन् ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवा आफैंसँग भएको र पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुन गएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।