मेयर डन जस्तो भएर आउने होइन : सञ्चालक शर्मा

अल्फाबिटमा प्रमुख वालेन्द्रको चर्तिकला

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको बोली सुन्दा उनी भद्र जनप्रतिनिधि लाग्दैन । उनको स्वभाव हेर्दा डन जस्तो देखिन्छ । आज बिहान वानेश्वर स्थित अल्फा बिटा पुग्दा मेयर साहले सञ्चालक द्धिराज शर्मासँग आक्रोशित हुँदै भने तपाईँको घरको नक्सा म सँग हुनुपर्छ । तपाईँको घरको नक्सा मसँग हुन्छ ।

म सँग हुने कि तपाइसँग हुने । यति भनी रहँदा उपस्थित जनताले प्रमुख वालेन्द्रलाई भने बालेन सर तपाई जन प्रतिनिधि भएर थर्काउन आएको ? त्यसपछि केही नरम नरमजस्तो भएर भने हामीले ३५ दिन भित्र खाली गर भनेर सूचना दिएका छौ नि त भने ।

केट्यौली पारामा विभिन्न कम्प्लेक्समा दौडिँदै हिँडेका प्रमुख साहले घरधनीलाई यसरी धम्क्याउनु स्वाभाविक देखिँदैन । वास्तवमा काम गर्ने आदेश दिने हैसियतमा बसेका साहले अधिकांश व्यापारिक भवनमा पुग्दा थर्काएको देखिन्छ ।

आज बिहान अल्फल बिटामा पुगेका प्रमुख साहले घरधनी शर्माले गल्ती नै गरेको भएपनि यसरी मनपरी बोल्नु स्वाभाविक देखिँदैन । शर्माले भने– मेयर वालेनले गरेको व्यवहार देखेर जनताले उनको व्यवहार देख्दा डन जस्तो लाग्छ ।

शर्माले आफ्नो घरको नक्सा महानगरपालिकासँग हुनुपर्ने बताउँदै कानुन विपरीत नभएको कारण आफूले नभत्काउने जिकिर गरे । शर्माले भने –यो कानुनी राज्य हो । हामीले करोडौँ कर तिरेका छौ । करोडौँ कर तिर्छौ यसरी डन भएर आउने होइन । उहाँले आफूहरू वकिल लिएर महानगरपालिकामा पुग्ने र त्यसपछि मात्रै फैसला गर्ने बताएका थिए ।

शर्माले न्युज अफ नेपालसँग भने यो त अति भयो हामीले सरकारसँग व्यवसाय गर्न करोडौँ कर तिरेका छौ, सुरक्षाकर्मी सहित आएर हामी माथ धम्की दिएको छ । प्रमुख साहले सो भवनमा सञ्चालन भएका पसलको सटर बन्द गर्न आग्रह गरे । त्यस बेला शर्माले भने–हस् हजुर हामी बन्द गरिदिन्छौ ।

मापदण्ड विपरीत भवनको बेसमेन्टलाई व्यावसायिक प्रयोजनका लागि भाडामा लगाइएको पाइएको छ । शर्माले वेसमेन्टमा ल्याब सहितको औषधी पसल सञ्चालन गरेको महानगरपालिकाको भनाई छ । मेयर साहले तपाईँको भवनको पार्किङ कहा छ ? भन्ने प्रश्नमा शर्माले प्रतिप्रश्न गरेका थिए – काठमाडौँको सबै भवनमा पार्किङ हुन्छ त ? भन्ने प्रश्न गर्दा भनाभन भएको थियो । शर्माले वेसमेन्टमा पार्किङ गर्न नमिल्न भएपछि व्यवसाय सञ्चालन गरेको बताएका थिए ।