कीर्तिपुरमा पनि अवैध संरचना भत्काउन सुरु

0
Shares

काठमाडौँ।

काठमाडौं महानगरपछि कीर्तिपुर नगरपालिकाले पनि अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ। नगरपालिकाले बिहीबार वडा नम्बर १०मा रहेको मापदण्ड विपरीत निर्माण भएको पर्खाल नेपाल प्रहरी र नगरप्रहरीको सहयोगमा भत्काएको हो ।

पर्खाल मापदण्डले तोकेको भन्दा बढी उचाइ र नक्सा समेत नरहेको पाइए पछि भत्काइएको नगरपालिकाका मेयर राजकुमार नकर्मीले बताए । उनका अनुसार कम्पाउन्ड बनाउनका लागि नगरपालिकाले मापदण्ड तोकेको छ।

मेयर नकर्मीले सार्वजनिक जग्गामा संरचना नबनाउन, मापदण्ड विपरीत र नक्सा पास नगरी भौतिक संरचना नबनाउन अनुरोध गरिएको बताए ।

सार्वजनिक जग्गा हडपेर बनाइएका संरचना, नक्सा विपरीत बनेका संरचना हटाउन केही दिनमा सूचना निकाल्ने उनले बताए ।