अल्फा बिटाका सञ्चालकलाई बालेनको प्रश्न : नक्सा मसँग हुन्छ कि तपाईंसँग ?

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसका निर्देशक द्विराज शर्मासँग झोक्किएका छन् ।

बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा बालेन नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।

अल्फाबिटाले पार्किङका लागि बनाएको संरचनामा व्यापारिक प्रायोजनको संरचना बनाएपछि त्यसलाई मेयर शाहले हटाउन भनेका थिए। त्यसक्रममा शाहले अल्फा बिटा ग्रुपका सञ्चालक द्विराज शर्मालाई भवन निर्माणको नक्सा मागेका थिए तर शर्माले नक्सा आफूसँग नभएको भन्दै पन्छिन खोजे। त्यसक्रममा मेयर शाह र सञ्चालक शर्माबी चर्काचर्की पर्‍यो।

मेयर शाहले प्रमुख शर्मासँग झोँक्किँदै भने, ‘तपाईको घरको नक्सा मसँग हुनुपर्छ। यहाँ यत्रो नोटिस दिएको छ। के हो यो? ३५ दिनभित्र खाली गर, भनेर नोटिस दिएको होइनन? तपाईंको घरको नक्सा म सँग हुन्छ?’

त्यसरी आवेगमा आएर बोलेपछि प्रमुख शर्माले मेयर शाहले डनको व्यवहार गरेको बताए। त्यसपछि सञ्चालक मिडियासँग पनि रुष्ट व्यवहार देखाएका थिए।

त्यसपछि पार्किङका लागि बनाइएको संरचना खाली गर्नू भन्दै मेयर बाहिरिएका थिए।