अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

0
Shares

काठमाडौँ।

उपचारका क्रममा अस्पतालबाट भागेका एक कैदी बिहीबार बिहानै पक्राउ परेका छन् ।

ललितपुरमा रहेको नख्खु कारागारबाट उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल ल्याइएका कैदी रामेछापको ताक्लुङका भोला बुढाथोकी बुधबार अपराह्न सवा चार बजे अस्पतालबाटै फरार भएका थिए ।

बिहीबार बिहान ७ बजे लुभू बसपार्कबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुढाथोकी कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी हुन् । उनी नेपाल प्रहरीको अनाश्रित गुल्म नख्खु ललितपुर कारागारमा सुरक्षाका लागि खटिएका प्रहरीसँग अस्पतालमा उपचारका लागि बुधबार महाराजगन्ज गएका थिए । उनी भागेपछि प्रहरीले खोजी कार्य थालेको थियो ।

पक्राउ परेका बुढाथोकीलाई अहिले ललितपुर प्रहरी परिसरमा राखिएको छ ।