ग्रिनल्यान्ड र बीएनए क्वार्टरफाइनलमा

0
Shares

काठमाडौं ।

आयोजक ग्रिनल्यान्ड र बीएनए १५औं क्विक्स÷ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

ग्रिनल्यान्डले गोल्डेनपिकलाई ६४–३४ तथा बीएनएले टीआईएलाई ३४–२२ ले पराजित गरे । ग्रिनल्यान्डका सुरेश विक र रोहन श्रेष्ठले २२–२२ तथा बीएनएका सन्देश खड्काले १६ अंक जोडे । सिनियर ब्वाइजमै इबीएले हिमरश्मीलाई ५२–३२ तथा सेन्ट जोसेफले ग्रिनफिल्डलाई ६०–४० ले हराए ।

इबीएका सौगात कार्कीले ३२ तथा सेन्ट जोसेफका निकेश तामाङले १९ स्कोर गरे । जुनियर ब्वाइजमा ग्रिनफिल्डले फ्लोरोसेन्टलाई १८–११ तथा इबीएले हिमरश्मीलाई २३–७ ले पाखा लगाए ।