आज मेयर बालेनको डोजर कोटेश्वरमा चल्दै

0
Shares

काठमाडौं ।

काठमाडौंको कोटेश्वरस्थित ट्रस्ट हटाइने भएको छ । आज बिहीबार काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाहले ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेका छन् ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको बताए ।

दिउँसोसम्म न हटाए महानगर आफैंले हटाउने पाण्डेले जानकारी दिए । नक्सा पास बिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको पाण्डेले बताए । यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्पलेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधीकृत संरचना हटाएको थियो ।