चितुवाको आक्रमणबाट बालक घाइते

0
Shares

तनहुँ।

तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा आज साँझ चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन् । सोही वडा निवासी पाँच वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन् ।

घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । केही महिनाअघि सोही वडामा एक बालकको चितुवाको आक्रमणबाट निधन भएको थियो भने दुई जना घाइते भएका थिए ।