यौन दुर्व्यवहारको आरोपमा रेडक्रसका उपसभापति पक्राउ

0
Shares

वीरगन्ज।

पर्सामा महिलालाइ यौन दुर्व्यवाहार गरेको आरोपमा एक जना रेडक्रसकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल रेडक्रस सोसाइटी पर्सागढी नगरपालिका उपशाखाका सभापति ४० वर्षीय महम्मद चुकुलाह रहेका छन् ।

पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनियार निवासी चुकुलाहले स्थानीय महिलालाई जिस्काउने तथा यौन दुव्र्यवहार गरेको आरोपमा उनलाइ प्रहरीले पक्राउ गरेको हो ।चुुकुलाह विरुद्ध उजुरी परेपछि उनलाई आइतबार बेलुकी ६ बजे उनकै घरबाट प्रहरी चौकी बढनियारले पक्राउ गरेको हो ।

पक्राउ परेका चुकुलाहलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।