वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त


काठमाडाैं ।

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
डा. उप्रेतीले बोर्डको ४ बर्षे कार्यकाल सम्हाल्ने छन् ।

उनीलगायत ३ जनालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस समितिले कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो ।

गत जेठ २० गते सिफारिस समितिले कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरेको थियो । आवेदन दिएकामध्ये बाराका निर्मलकुमार उप्रेती र डा. द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठको आवेदन स्वीकृत भएको थियो ।