जीप दुर्घटना हुँदा ९ जना घाइते

0
Shares

काठमाडौं ।

प्यूठानमा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दाङको भालुवाङबाट प्यूठान बाग्दुलातर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटनामा हुँदा ९ जना घाईते भएको हुन् ।

घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।

ब्रेक फेल भएर गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको छ ।