बर्दीमै अश्लील डान्स गर्ने सई कारवाहीमा

0
Shares

रौतहट।

अश्लील भोजपुरी गीतमा नृत्य गर्ने महिला र आयोजक लाई पक्राउ गर्दै आएको नेपाल प्रहरीका एक जना अधिकृत स्वयम स्टेजमै नतर्कीहरुसंग नृत्य गरेको सार्वजनिक भएको छ । गढीमाई नगरपालिका– ७ धर्मपुर स्थित प्रहरी सास्कृतिक कार्यक्रम भइरहेको बेला चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकिशोर साहले प्रहरीको पोशाकमानै नर्तकीसित अश्लील नृत्य गरेपछि उनकोे चौतर्फ आलोचना भएको छ ।

कृष्णाजन्मष्टिकोअवसरमा आयोजित मेलामा आर्केष्ट्रा नाच गराइएको हो । नाचगान भइरहेको समयमा प्रहरी नायब निरीक्षक साह आफै स्टेजमा चढेर नतर्कीसंग रमाई रमाई नाचिरहेका थिए । हरेक वर्ष झै यस वर्ष पनि कृष्णाजन्मष्टिको उपलक्ष्यमा स्थानीयले आयोजना गरिएको धार्मिक मेलामा आर्केष्ट्रा संचालन गरिएको हो । महिला नतर्कीलाई आरकेष्ट्रा निषेध गरेको भएपनि प्रहरी नायब निरीक्षक साहकै संरक्षणमा उक्त स्थानमा आरकेष्ट्रा संचालन मात्र हैन उनी आफै अश्लील गीतमा नृत्य गरेपछि विवादमा तानिएका हुन ।

अश्लील नृत्य चल्दै गर्दा प्रहरी नायब निरीक्षक साह स्टेजमानै चढेर नर्तकीसित टाँसिई टाँसिई अश्लील नृत्य गरेपछि शान्तिसुरक्षामा परिचालित प्रहरी प्रति आलोचना भएको छ । ड्युटीकै समयमा नाच्ने प्रहरी नायब निरीक्षक राजकिसोर साहले भने ड्युटी गरेको कसैले देखेनन् । नाचेको भिडियो भाइरल गरिदिए । उनले भने, ‘लवण्डाहरूले मलाई समातेर लडाएपछि नाच्न बाध्य भए । उनले स्टेजमा नृत्य गर्न जानुअघि दर्शकहरूलाई मोबाइलमा भिडियो खिच्न बन्देज लगाएपनि उनी नाचेको दृश्य अधिकाश दर्शकले खिचेपछि यसको सार्वजनिक भएको हो ।

अश्लील नृत्यमा नाच्ने प्रहरी नायब निरीक्षक साहलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसैबीच इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक वरुण सिंहले लेनदेनको मुद्दामा दुब्र्यबहार गरेको भन्दै उनी विरुद्ध शनिवार प्रदर्शन भएको छ ।

लेनदेनको विषयमा मोतीलालले इलाका प्रहरी कार्यालय गरुडामा दिएको जाहेरीको आधारमा प्रहरी नायब उपरीक्षक सिंहले दुब्र्यबहार गरेको भन्दै वृन्दावन नगरपालिकाका प्रमुख विनोद पटेल सहितको स्थानीयले प्रहरी नायब उपरीक्षक सिंहविरुद्ध नाराबाजी गरेका थिए ।