औषधि व्यवसायलाई जनउत्तरदायी बनाउन आग्रह

0
Shares

काठमाडौं  ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले औषधि व्यवसायको क्षेत्रलाइ मर्यादित, सेवामुलक तथा जनउत्तरदायी बनाउनुपर्ने बताउँनुभयो । काठमाडौंमा आयोजित नेपाल औषधि थोक व्यवसायी संघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले गुणस्तरिय औषधि उपभोक्तासम्म पु¥याउन सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने बताउँनुभएको हो ।

राज्यमन्त्री केसीले भन्नुभयो, ‘औषधि भन्ने वित्तिकै जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने विषय भएका कारण औषधि जगत निकै संवेदनशिल हुनुपर्छ । अहिलेपनि औषधिको मुल्यमा एकरुपता नभएको गुनासो आइरहेको छ, यसलाई हल गर्नुपर्ने देखिन्छ ।’
राज्यमन्त्री केसीले भन्नुभयो, ‘औषधि जगतमा पछिल्लो समय यो वा त्यो नाममा मौलाउदै आएको अनेकन विकृतिको अन्त्य गर्नुपर्छ । उपभोक्ताको संविधानतः मौलिक हकको रुपमा व्याख्या गरिएको सुलभ मुल्यमा गुणस्तरिय औषधि सेवन गर्न पाउने अधिकारलाई अक्षुण्ण राख्नु पर्छ । ’

यस्तै, औषधि थोक व्यवसायी संघका अध्यक्ष शीबराज बास्कोटाले तालुक निकायले समयमा ध्यान नदिँदा औषधि बजारमा बीकृती बढेको बताउँनुभयो । उहाँले भन्नुयभो, औषधि क्षेत्रको विकृती रोक्न संघले पहलकदमी लिएको छ । औषधि व्यवस्था विभाग भने निरीह बन्यो । ’