अवैध घरेलु मदिरासहित पक्राउ

0
Shares

बारा।
अवैध घरेलु मदिरासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुर चोकबाट करिब ९ सय लिटर अवैध घरेलु मदिरासहित शुक्रबार एक जना पक्राउ परेका हुन्

पक्राउ पर्नेमा सोही उपमहानगरपालिका-२२ बस्ने ३४ वर्षीय होम प्रसाद भेटवाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरीले सिमराबाट जितपुरतर्फ आउँदै गरेको ना.५ च ३५८६ नम्बरको म्याजिक गाडीलाई जाँच गर्दा गाडीभित्र प्लाष्टिकमा प्याक गरी बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त मदिरा फेला पारी गाडीका चालक भेटवाललाई पक्राउ गरेको जनाइएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।