लमजुङको बेँसीशहरमा तीज उत्सव हुने

0
Shares

लमजुङ ।

लमजुङको बेँसीशहरमा हरितालिका तीजको अवसरमा  १७ औं तीज उत्सव कार्यक्रम  हुने भएको छ ।

बेंसीशहरमा रहेको लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका साथ  तीज उत्सव गर्ने भएको हो ।क्लबले शनिबार  बेसीशहरमा  पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उत्सवबारे जानकारी गराएको हो ।

क्लबका अध्यक्ष जुन तामाङका अनुसार तीज उत्सव २०७९ लाई सफल बनाउन ७  वटा उपसमितिहरु गठन गरिएको छ ।  कार्यक्रमका लागि करिब ८ लाख रुपियाँ खर्च हुने उहाँको भनाइ छ । तीज उत्सव १४ भदौ हरितालिका तीजको दिन बेंसीशहरको फूलबारी मञ्चमा हुने भएको छ ।

उत्सवको अवसरमा  भदौ  ९, १० र ११  गते फूलबारी मञ्चमा सातौँ खुल्ला तथा चौथो प्रविनकुमार कायस्थ राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने लमजुङ मर्स्याङ्दी युवा क्लबका कार्यवाहक अध्यक्ष विजयकुमार श्रेष्ठले बताउनुभयो । क्लबले खेलकुद प्रतियोगितासँगै तीजको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

क्लबका सचिव रियाज मियाका अनुसार राष्ट्रिय युगल ब्याडमिन्टन प्रतियोगिताको पहिलो पुरस्कार नगद ४० हजार मेडल र प्रमाणपत्र , दोस्रो पुरस्कार नगद २५ हजार मेडल र प्रमाणपत्र , सान्त्वना पुरस्कार दुई समूहलाई १०/१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कोरोनाका कारण दुई वर्ष सम्म स्थगित भएको तीज उत्सव यसपटक आयोजना  गर्न लागिएको  हो ।