बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता 

0
Shares

 काभ्रे। 

नेपाल केनशिनकान कराँते संघ काभ्रेको आयोजनामा बनेपामा राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराँते प्रतियोगिता आयोजना गरिएको छ । १२ जिल्लाका १ सय ५० खेलाडीहरुले प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका छन् ।

प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकामा हुने राष्ट्रिय स्तरका प्रतियोगिताहरुलाई स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताउनु भयो । बनेपामा कबर्ड हल तथा अन्य खेलसँग सम्वन्धित संरचनाहरु निर्माणका लागि आवश्यक व्यवस्थापन गर्ने तयारीमा स्थानीय सरकारले प्राथमिकता दिएकाले खेललाई अनुशासित बनाएर खेल्न खेलाडीहरुलाई अनुरोध गर्नु भयो ।

पूर्व राज्य मन्त्री कञ्चनचन्द्र बादेले प्रतियोगिताले सम्बन्धसँगै व्यक्तिको क्षमता विकास हुने बताउनु भयो । अध्यक्ष कपिलदेव थापाले पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका खेलाडीहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो ।

कार्यक्रममा अध्यक्ष थापा, उपाध्यक्ष एवं कराँते खेलका नेपाल ब्रान्च चिफ रहदेव पोटे, विमलकुमार श्रेष्ठ लगायतलाई प्रशसापत्रद्वारा सम्मान गरिएको थियो । अन्य खेलाडीहरुलाई पनि हौसला स्वरुप सम्मान गरिएको थियो ।

बनेपाको लायकु मञ्चमा आयोजित कार्यक्रममा १२ जिल्लाका विभिन्न तौल समूहका १ सय ५० खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन् । पुरुष तर्फ ३५, ४५, ५५ केजी र हेभिवेट खुल्ला तथा महिला तर्फ ३५, ५० र हेभिवेट खुल्ला तर्फको विद्यामा प्रतिस्पर्धा गराइएको छ ।

प्रत्येक तौल समूहका प्रथम, दोस्रो र तेस्रो हुनेलाई नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र उपलब्ध गराइनेछ । प्रथम हुनेले १५ हजार, दोस्रो हुनेलाई १० हजार र तेस्रो हुने दुई जनाले ५÷५ हजार नगद पाउनेछन् । प्रतियोगितालाई विभिन्न सघ संस्था मार्फत सहयोग भएको छ ।