बुद्ध र निस्टलाई बीआईबी कप

0
Shares

काठमाडौं । 

बुद्ध ऐकडेमी र निस्टले पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । बुद्ध ब्वाइज तथा निस्ट गल्र्समा च्याम्पियन बने ।

अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको फाइनलमा बुद्धले निमोनिकलाई ६८–४४ ले पराजित ग-यो । बुद्धको जितमा कोसिश भुजेलले १६ अंक योगदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा पूर्णिमा बरालको १० अंक सहयोगमा निस्टले डाफोडिललाई २५–२१ ले हरायो । ब्वाइज-गल्र्स दुवैमा फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय कोसिश र पूर्णिमा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइजमा निमोनिकका प्रवेश तामाङ तथा गल्र्समा आयोजक बौद्ध इन्टरनेसनल स्कुलकी सब्रिना पन्त सर्वाधिक स्कोरकर्ता बने । सहभागीमध्ये समग्रमा निसर्ग वाटिका अनुशासित टिम ठहरियो ।

विजेतालाई गोकर्णेश्वर नगरपालिका मेयर दीपककुमार रिसाल, बीआईएसका प्रिन्सिपल हरि लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ११ दिने प्रतियोगिताको ब्वाइज÷गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।