रोयल र गोल्डेनगेट सेमिफाइनलमा

0
Shares

काठमाडौं । 

रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले पराजित ग¥यो । रोयलका निकेश मगरले २७ स्कोर गरे । रोयल सबै क्वाटरमा हावी रह्यो । रोयलले पहिलोमा २७–११, दोश्रोमा २६–४, तेश्रोमा २४–६ र चौथोमा २८–६ अंक जोड्यो ।

गोल्डेनगेटले आईएसए नेपाललाई ६८–५५ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोडे । पहिलो क्वार्टरमा २३–१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १६–१७ र तेश्रोमा १२–१४ को सामान्य अन्तरले पछि प-यो । गोल्डेनलगेट चौथोमा १७–१० ले अगाडि रह्यो ।