सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन


काठमाडौं ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थीको आकर्षण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । बिहीबार शिक्षा समन्वय इकाईका प्रमुखहरुलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिनुभयो ।

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उहाँले भन्नुभयो, ‘ विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ ।’
उहाँले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्न समेत मन्त्री पौडेलले निर्देशन गर्नुभयो ।

शिक्षक सेवा आयोगको नियामवली संशोधन प्रश्चात शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिएबमोजिम काम छिटो सम्पन्न गर्नुहुन आग्रह गर्नुभयो ।
विद्यालय समायोजनलागतयका काममा सक्रियता पूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिनुभयो ।