बञ्चरेडाँडामा नि:शुल्क ढुवानीको साथ ६० ट्रक फोहोर लगिँदै

0
Shares

काठमाडौं ।

बञ्चरेडाँडामा नि:शुल्क ढुवानीका साथ आज बिहिबार काठमाडौंंको ६० ट्रक फोहोर बिसर्जन गर्न लागिएको छ ।

काठमाडौं महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर लिएर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा गएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिएका छन् ।

समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले नि:शुल्क ढुवानी गरेको हो । यस्तै नेपाल टिपर तथा टिपर व्यवसायी समितिको १८ वटा टिपरका चालकले एक हजार रुपियाँ ज्याला र डिजेल महानगरले दिएको छ । टिपर भाडा भने नि:शुल्क हो ।

काठमाडौं महानगरपालिकाको अनुरोधमा फोहोर मैला व्यवस्थापन गर्न आज टिपरले नेपाल टिपर तथाक ट्र व्यवसायी समितिले नि:शुल्क फोहोरमैला ढुवानी गर्न सहयोग गरेको समितिले जनाएको छ । स्थानीयको अवरोधपूर्ण रुपमा नहटेकाले आज पनि प्रहरी परिचालन गर्दै फोहोर लैजाने प्रवक्ता मानन्धरले बताए ।