काभ्रेको धनेश्वर बैकिया वन फडानी र अतिक्रमण

थापालाई १ लाख, खड्लाई ५० हजार धरौटी

0
Shares

काभ्रे । बनेपा नगरपालिका–११ स्थित धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमण गरी अवैद्य रुपमा रुख काटी बेचविखन गरेको अभियोगमा सोहि स्थानका भुवनबहादुर थापा र उनका सहयोगी उम खड्का पक्राउ परेका छन् । थापाले सामुदायिक वनको १.९५ अथार्त ३८ रोपनी ५ आना २ पैसा १ दाम जग्गा अतिक्रमण गरी सोहि जग्गामा बनाएको घर टहरा निर्माण गरेका थिए ।

२०७८ फागुन १२ गते सोहि क्षेत्रको पाटेसल्ला, लब्सी जातका १ सय ९३ थानका १२८.०३ क्यू फिट चिरान काठ, पाटे सल्ला, चिलाउने जातको ३६ थानको १२८.०१ क्यू फिट गोलिया काठ, पाटेसल्ला, गोब्रेसल्ला, कटुस र चिलाउने जातका ७४ थान रुखको ६४९.२४ क्यू फिट, सोहि समयमा काटिएका पाटे सल्ला, खोटे सल्ला जातका ८६ वटा, मौवा १ र चिलाउने जातको ६ वटा गरी ९३ वटा ठुटा सब डिभिवन कार्यालय जनागबलले बरामद गरेको थियो ।

चार किल्ला भित्रको वन क्षेत्रको जग्गामा भुवनबहादुर थापाले अतिक्रमण गरी घर टहरा बनाएको, खनजोत गरिरहेको, रुख कटान गरी ढालिएको र सोहि क्षेत्रमा झिजामिजा पोल्ने, खनजोत गर्ने, कोदो रोप्ने र कागती लगायतका फलफूलका विरुवा रोपेको प्रमाण डिभिजन बन कार्यालयले जुटाउँदै थापा र उनलाई सहयोग गर्ने खडका विरुद्ध वन ऐन २०७६ को दफा ४९ को देहाय (ग), (च) र (छ) बमोजिमको कसुर गरेकोले सोहि ऐनको दफा ५० को उफदफा (३) बमोजिम सजायँको माग गरी अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विगो अनुसार १९२२ क्यू फिटको कुल मुल्य १ लाख ९५ हजार ६ सय ८३ रुपैया असुल गरी सजायँको माग गरिएको छ । ऐन अनुसार बन फडानी गरेकोमा १ लाख देखि ५ लाख रुपैयासम्म क्षति भएको अवस्थामा १ वर्ष देखि ५ वर्ष सम्म कैद वा १ लाख रुपैया जरिवना वा दुबै हुन सक्ने ब्यवस्था छ । सहयोगी खड्कालाई प्रतिवादी भुवनबहादुर थापाको भन्दा आधा सजायँ माग दावि गरिएको छ ।

थापाले बन अतिक्रमण गरेको र फडाँनी गरेको अभियोगमा मुद्दा दायर गरिएको थियो । पटक पटक अतिक्रमण गर्दै आएका थापालाई स्थानीय सामुदायिक वनले कारवाहीका लागि अनुरोध गर्दै आएको थियो । अतिक्रमण गर्ने थापाका विरुद्ध परेको उजुरीको अनुसन्धान गर्न गएको सब डिभिजन कार्यालय जनागालका प्रमुख न्हुच्छेकृष्ण श्रेष्ठ लगायतलाई अपशब्द प्रयोग गर्दै अभद्र ब्यवहार गरेका थिए । अतिक्रमित जमिनमा थापाले ब्यवसायीक रुपमा खेति गर्दै आएका छन् ।

सब डिभिजन कार्यालयले थापालाई पक्राउका लागि २०७९ साउन १९ गते पक्राउ पुर्जी लिएको थियो । २६ गते पक्राउ परेका थापा विरुद्ध साउन ३० गते अदालतमा मुद्दा दायर गरिएको थियो । साविक नासिकास्थान साँगा गाविस वडा नम्वर ९ को ख मा कित्ता नम्वर ८१ को कुल २१८७ रोपनी ९ आना २ दाम क्षेत्रफल मध्येको ४२.०५ हेक्टर बन सामुदायिक वनलाई २०६१ साल असार ३० गते जिल्ला बन कार्यालयले समुदायलाई हस्तान्तरण गरेको थियो । समुदायलाई हस्तान्तरण गरेको वन भित्रको ३८ रोपनी जमिन थापाले अतिक्रमण गरेको सब डिभिजन बन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठले बताउनु भयो ।