दश लाख बराबरको यार्सागुम्बा बरामद



बाँके।

जिल्लाको जानकी गाँउपालिका-१ पञ्चपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले करीब १० लाख रुपियाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार    बरामद गरेको हो ।

यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै उक्त यार्सागुम्बा सोही ठाउँमा छाडेर भागेका थिए ।

बरामद गरिएको यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्