बुटवलको होटलमा एक जोडी मृत फेला

0
Shares

बुटवल।

बुटवलस्थित एक होटलमा बास बसेका एकजोडी मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका ३६ वर्षका सिताराम भुजेल र दाङको सतवरीया घर भएकी ३३ वर्षकी पुष्पा बुढाथोेकी मृत फेला परेका हुन् ।

बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको भूपु सैनिक स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनु भयो ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको बताउनु भयो ।घटनाको प्रकृति हेर्दा प्रेमीकाको हत्या गरेपछि भुजेलले आत्म हत्या गरेको आशंका प्रहरीले गरेकोे छ ।