बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन : कमल थापा



काठमाडौं ।

राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् ।

राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौति हो । त्यसवारे उहाँले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ ।

त्यतिञ्जेल विगतमा झै सबैले हरसंभव सहयोग गर्नुपर्छ । फोहरमा राजनीति गर्ने र बालेनलाई असफल बनाउने काम गर्नु हुँदैन,’ थापाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । केही दिनयता काठमाडौंको फोहोर उठ्न नसक्दा सहर दुर्गन्धित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्