रुपन्देहीमा एक युवकमाथि गोली प्रहार

0
Shares

काठमाडौं ।

रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहको गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्।

 घाइते हुनेमा सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएकाे प्रहरीले जनाएको छ ।

मोटरसाइकल सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले  हिजाे राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेकाे प्रहरीले जनाएको छ ।

गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको र गोली प्रहार गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।