बाख्रा किचेको कुरा मिल्यो, तीनपिप्ले बाटोमा फोहोर फ्याकेको विरोधमा स्थानीयको अवरोध

प्रहरी टोलीले सम्झाउने प्रयास , नभए बल प्रयोग गरेर फोहोर फ्याकिने

0
Shares

काठमाडौं ।

फोहोर बोक्ने सवारी साधनले तीनपिप्लेको बाटोमा फोहोर फ्याएको विरोधमा स्थानीयले फोहोर अबरुद्ध गराइरहेको बेला कागतीगाउँमा फेरी बाख्रा किच्दा थप समस्या आएको छ ।

काठमाडौं महानगरपालिका वातावरण तथा कृषी विभाग प्रमुख सरिता राइले बाख्रा किचेको विषय साम्य भैसकेको र बाटोमा फोहोर फ्याकेको निहुमा केही स्थानीयले फोहोरका गाडी रोकेको बताउनुभयो । उहाका अनुसार तीनपिप्लेमा दर्जनौ सवारी साधन रोकिएका छन् ।

स्थानीयसंग वार्ता गर्दापनि समस्या समाधान नभएपछि बालाजु वृतको डिएसपी सहितको भर्खरै टोली तीन पिले पुगेको छ । स्थानीयसंग सम्झाइबुझाई सवारी साधन खुलाउने प्रयास भैरहेको छ । सम्झाउदापनि नमाने बल प्रयोग गरी फोहोर फ्याक्ने तयारी भैरहेको छ ।

विभागीय प्रमुख राइले सधै फोहोर फ्याक्न अवरोध गर्न नमिल्ने बताउदै बल प्रयोग गरेर भएपनि फोहोर खसाल्ने तयारी भैरहेको बताउनुभयो वर्षातको समयमा समेत हिजो शनिबारबाट नियमित रुपमा फोहोर बिसर्जन भैरहेको थियो । करिब पाच दिनभित्र शहरी क्षेत्रको सबै फोहोर फ्याकिसक्ने योजना बनाएर आइतबार फोहोर लैजादा स्थानीयले फेरी अवरोध गरेका थिए ।

फोहोरका कारण शहरभरी दुर्गन्ध फैलिएको छ । महानगरवासीले टोल टोलमा विरोध गर्न शुरु गरिसकेका छन् । मेयर वालेन्द्र साहले अवरोध हटाउन प्रहरी परिचालन गर्ने तयारी भैरहेको जानकारी दिनुभएको थियो । सोही अनुसार स्थानीय प्रशासन तयारी रहेको महानगरको भनाई छ ।