प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो : हर्क साम्पाङ


काठमाडौँ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देखेर श्रमदान गर्न मन लागेको बताएका छन् । उपमहानगरको कामले आइतबार काठमाडौँ आइपुगेका साम्पाङ्ले काठमाडौँका सडकमा थुप्रिएको फोहोर देखेर काठमाडौँ भन्दा धरानै सफा लागेको बताएका छन्।

‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो !उनले सामाजिक सञ्जालमा लेखेका छन्, प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । जसका कारण काठमाडौंको सडक पेटिमा फोहोर थुप्रिएको छ ।