बालेनलाई योगेशको आग्रह : देउवा सरकारको हुती छैन, एमालेसँग भिजन छ आउनुस्


काठमाडौँ।

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पाँच दलीय गठबन्धन सरकारको हुती नभएको भन्दै भर नपर्न आग्रह गरेका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले काठमाडौंको फोहोर ७१ दिनदेखि नउठ्दा संकट बढ्दै गएको बताए।

‘काठमाडौंका मेयर बालेन शाहलाई आग्रह, ठोस प्रस्तावसहित एमालेसँग सहकार्य गर्न आउनुस्’, उनले भने, ‘हुती नभएको यो सरकारसँग भर नपर्नुस्। एमालेसँग त्यो भिजन छ, ‘यसअघि १४ दिनसम्म फोहोर नउठेको रेकर्ड थियो। तर अहिले ७१ दिन भइसकेको छ फोहोर नउठेको। यदि तपाईं यो सरकारको भर पर्नु भयो भने असफल हुनुहुनेछ।’